पत्नी हत्या आरोपमा पति गिरफ्तार

  ०८० कात्तिक १० गते

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ लालीखर्क फलाँटेकी ३६ वर्षीया लाक्पाडीकु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति दावा शेर्पालाई कात्तिक ९ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा ०८० कात्तिक ९ गते पत्नीलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

विवादका क्रममा पत्नीको हत्या गरेको र लासलाई घरदेखि २ सय मिटर फालेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरूषोत्तम खड्काले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक ९ गते गरिएको छ । पीडित पक्षलाई शव बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।


तारानाथ फुयल