पत्नी हत्या आरोपमा पतिविरुद्द प्रहरीमा उजुरी
तुम्बेवा गाउँपालिका–५ हाङगुमकी ३५ वर्षीया गोमा फियाकको हत्या गरेको आरोपमा पीडित पक्षले ३५ वर्षीय पति असफल कुरुम्बाङविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८० पुस २६ गते खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पीडित पक्षले आरोपित पतिविरुद्ध प्रहरीमा पुस २७ गते उजुरी दिएको इन्स्पेक्टर सुमित कुसवाले बताउनु भयो ।
मिक्लाजुङ्ग गाउँपालिका–३ मा ससुराली घरमा बस्दै आएका आरोपितले पत्नी गोमाको हत्या गरेको, सासू आमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको मिक्लाजुङ–३ का वडाअध्यक्ष जीवन फियाकले बताउनुभयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा पुस २७ गते गरिएको छ ।
पीडित पक्षले पुस २७ गते शव बुझी मिक्लाजुङ्ग गाउँपालिका–३ स्थित घाटमा सद्गत गर्ने वडाध्यक्ष जीवन फियाकको भनाइ छ ।
ईवारा जवेगु लिम्बू
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्त…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…