पत्नी हत्याको घटनाका फरार आरोपित गिरफ्तार
हेटौँडा नगरपालिका–१०, बसपार्कस्थित होटल रत्ना होटलमा भदौ १० गते हेटौँडा नगरपालिका-११ नवलपुर निवासी पत्नी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरी फरार रहेका पति ३२ वर्षीय समीर खानलाई प्रहरीले ०८१ भदौ १७ गते गिरफ्तार गरेको छ ।
पत्नी हत्याका आरोपित खानलाई हेटौँडा नगरपालिका–५, लट्टिनाथमार्गबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले बताउनु भयो । ।
हेटौँडा नगरपालिका–४, कमलडाँडा निवासी खानले पीडितलाई दोस्रो विवाह गरी ल्याएको पाइएको र ०८१ भदौ १० गते होटलमा बस्न लगेर सोही दिन साँझ पत्नी एलिसाको हत्या गरी फरार भएको डिएसपी भण्डारीले जानकारी दिनु भयो ।
घट्नाको अनुसन्धानको क्रममा अभियुक्त खानलाई भाग्ने कार्यमा सहयोग पुर्याएको भन्दै खानकी आमा ५५ वर्षीया सैरुन खान, पत्नी २६ वर्षीया रविना खातुनलाई प्रहरीले भदौ १५ गते नै गिरफ्तार गरेको थियो ।
सोही घटनामा संलग्न भएको अरोपमा प्रहरीले खानका ससुरा पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–३०, लालपर्साका ५६ वर्षीय लालबाबु खाँ पैठान र जेठान ३० वर्षीय फैयाज अहमदलाई समेत प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको छ ।
शको पोष्टमार्टम हेटौँडा अस्पतालमा भदौ ११ गते गरिएको थियो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…