पत्नी हत्याको घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज १० गते

शितगंगा नगरपालिका–३ ठाडाखस्र की ५१ वर्षीया मनकला भुसालको  हत्या गरेको  आरोपमा प्रहरीले पति ५४ वर्षीय पिताम्बर भुसाललाई असोज ८ गते  गिरफ्तार गरेको छ ।

घरयासी विवादमा झगडा भए पछि पत्नीलाई आरोपितले असोज ७ गते मसला पिस्ने लोह्राले प्रहार गरेर हत्या गरेको  भन्दै मृतक पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालय ठाडामा उजुरी दिएका थिए ।

अरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठाडाका इन्सपेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम असोज ८ गते जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको छ ।


कूलबहादुर नेपाली