पत्नी हत्याको आरोपमा पति गिरफ्तार
खार्पुनाथ गाउँपालिका–१ गोप्काकी ३० वर्षिया छिरिङ कुडोल लामालाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गोपाल सुनारलाई गिरफ्तार गरेको छ ।
फागुन ५ गते रातिको समयमा सिमकोट गाउँपालिका–५ स्थित बजारमा भाडामा बस्दै आएको घरमा आफ्नी छोरिलाई हत्या गरेको भन्दै मृतकका वुवा ढुडोल लामाले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको इन्स्पेक्टर गिता प्रसाद चौधरीले बताउनु भएको छ ।
इन्स्पेक्टर चौधारीका अनुसार घटना के कति कारणले भयो त्यसको भने खुलि नसकेको र सो विषयमा अनुसन्धान भई रहेको छ । शवको पोष्टमार्टम फागुन ७ गते जिल्ला अस्पताल हुम्लामा भएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।
आफन्तले दुईदिन बितिसक्दा पनि शव अझै बुझ्न नमानेको इन्स्पेक्टर चौधरीले बताउनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…