पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु

पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१३ की ३८ वर्षीया मन्तुरी राम चमारको हत्या भएको घटनाको अनुसन्धान भइरहेको अवस्थामा ४२ वर्षीय पति दरोगा राम चमारको मृत्यु भएको हो ।

कलैया उपमहानगरपालिका-२० माइतीमा वर्षौँदेखि बस्दै आएकी पत्नी मन्तुरीलाई सुतिरहेको अवस्थामा असार ५ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले दरोगालाई असार १३ गते गिरफ्तार गरेको थियो ।

प्रहरीले उनलाई गिरफ्तार गरेर नियन्त्रणमा लिएको पाँच घण्टा भित्रमै आरोपित चमारको मृत्यु भएको थियो । गिरफ्तारीमा परेका दरोगाको विष सेवनले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रवीर बिकले बताए । उनले भने-'बोली लर्बराउन र मुखबाट फिज निकाल्न थालेपछि अस्पताल लग्दा विष सेवन गरेको पाइयो, गिरफ्तार अघि नै विष सेवन गरेका रहेछन् ।'


लक्ष्मी साह सोनार