पत्नी हत्या घटना आरोपमा पति गिरफ्तार

   ०७८ असोज २८ गते

साल्पासिलिछो गाउँपालिका–५बाक्सिन्दाकी ४० वर्षीया छोती शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति फराछेतर शेर्पालाई असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज २६ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पत्नीको हत्या गरि आरोपित फरार भएको सूचना स्थानीयले प्रहरी चौकी दोभाने र इलाका प्रहरी कार्यालय दिङ्लालाई दिएपछि आरोपितलाई साल्पासिलिछो गाउँपालिका–५बाखुबाट गिरफ्तार गरेको इन्स्पेक्टर राईले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल सङ्गखुवासभामा असोज २७ गते गरिएको छ ।

सोही दिन पीडित पक्षले शव बुझि लगेको प्रहरीले जनाएको छ ।


गणेश विष्ट