पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चौरजहारी नगरपालिका-१४ नुवाकोटकी ४१ वर्षीया ललिता रानालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका ४५ वर्षीय पति डिल्लीबहादुर रानालाई असार २० गते गिरफ्तार गरेको छ ।
पीडित ललिततालाई घरमा सुतिरहेको अवस्थामा असार १९ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको मृतकका माइती पक्षले आरोप लगाएको छ । घटना सम्बन्धमा मृतकका माइती पक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी अङ्गुर जिसीका अनुसार रानाले घरमा पत्नी हुँदाहुँदै एक वर्षअघि ललितासँग दोस्रो विवाह गरेका थिए ।
हत्याको कारण नखुलेको भएपनि घरायसी विवादका कारण हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी जिसीले बताए । मृतकको शवको पोष्टमार्टम असार २० गते गरिएको थियो ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…