पत्नी हत्याका आरोपित गिरफ्तार

पत्नी हत्याका आरोपित सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेश शाह जेठ २९ गते गिरफ्तार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीका अनुसार ६५ वर्षीया लक्ष्मी शाहलाई घरायसी विवाद हुँदा जेठ २८ गते राति पति गणेशले धारिलो हतियार प्रहार गरेका थिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते लक्ष्मीको उपचारका क्रममा जेठ २९ गते बिहान भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी झगडाका क्रममा धारिलो हतियार प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतकको शव शिक्षण अस्पताल भैरहवामा जेठ २९ गते पोष्टमार्टम भएको प्रहरीले जनायो ।


माधवकुमार ओली