पत्नी हत्याका आरोपित गिरफ्तार

  ०७६ माघ २८ गते

भूमे गाउँपालिका–३ सीमाकी ६० वर्षीया दिलमाया पुनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति ७५ वर्षीय नरबहादुर पुनलाई माघ २६ गते  गिरफ्तार गरेको छ ।

आरोपित पुनले माघ २६ गते मादक पदार्थ सेवन गरी पत्नीलाई  कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी दिलमायाको जिल्ला अस्पताल, रुकुमकोटमा उपचारको क्रममा माघ २६ गते  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गजुसिद्धि बज्राचार्यले बताउनु भयो ।

शवको पोष्टर्माटम माघ २७ गते जिल्ला अस्पताल, रुकुमकोटमा गरिएको प्रहरीले जनायो ।

 


जयमान बुढा मगर