पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला
पत्नी हत्याका आरोपित लहान नपा ६ का ३५ वर्षीय विशेश्वरप्रसाद साहलाई जिल्ला अदालत सिरहाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीश राजेन्द्रप्रसाद अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले बताए ।
३२ वर्षीया बबितादेवी साहलाई ०७३ भदौ २ गते आरोपितले राति घरायसी विवादमा सिलौटाले टाउकोमा हिर्काएर हत्या गरका थिए ।
इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले भदौ ३ गते उजुरी दिएका थिए । मृतकको शवको पोष्टमार्टम लहान स्थित रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा भदौ ३ गते गरिएको थियो ।
आरोपिततलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपित भदौ ३० गते देखि पुर्पक्षको लागि थुनामा रहेका थिए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १४ दिन कैद सजायको फैसला
तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-७ भाण्टाबारीका १५ वर्षीय बालकलाई १४ दिन कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको ०८१ भदौ २३…
उपचारका क्रममा एक थुनुवाको मृत्यु
मोरङ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बेलबारी नगरपालिका-४ का ३४ वर्षीय मनिकुमार तामाङको उपचारका क्रममा भदौ २३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । गोडा सुन्निने र मुटु सम्बन्धी…
बलात्कार गरेको कसुरमा तीन वर्ष सजाय फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैचा नगरपालिका-६ सीतापुरी टोलका ४८ वर्षीय ज्ञानबहादुर मगरलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश पारसमणि पोखरेलको ०८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कालिकोट जिल्लाको पचाल झरना गाउँपालिका–१, सिकुका २५ वर्षीय गोविन्द बोगटीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५…