पत्नी हत्याका आरोपितलाई जन्मकैदको फैसला
बागलुङ जिल्ला बागलुङ नगरपालिका– ६ स्थायी घर भई पर्वत जिल्ला कुश्मा नगरपालिका– ४ डम्डारेखोला बस्ने ४१ वर्षीया सिता परियारलाई हत्या गरेको कसुरमा पति ४३ वर्षीय राजु परियारलाई जन्मकैदको सजाय भएको छ ।
न्यायधिश आनन्दकुमार श्रेष्ठको जेठ ३० गतेको इजलासले पति राजु परियारलाई जन्मकैदको सजाय सहित एक लाख रुपियाँ क्षतिपुर्ति पीडित राहत कोषमा रहने गरी फैसला सुनाएको हो ।
आरोपित राजु परियारले ०७८ माघ २८ गते पत्नी सिता परियारको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरिे २०७८ फागुन २२ गते पर्वत जिल्ला अदालतमा हत्या आरोपमा मुद्दा दायर गरेको थियो ।
आरोपितलाई अदालतको २०७८ फागुन २२ गतेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
मृतकका दुई नावालक छोरा छोरीलाई पालन पोषणका लागि पीडित राहत कोषबाट रकम उपलब्ध गराउने गरी फैसला भएको श्रेष्तेदार राजु ढुंगाानाले बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…