पत्नी र छोरी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक ९ गते

देउमाइ नगरपालिका–५ की ३४ वर्षीया सीता तामाङ र १६ वर्षीया बालिका शिक्षा तामाङलाई टोकेर हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ ।

पत्नीलाई र छोरीलाई झारफुक गरेर निको बनाउँने भन्दै आराेपितले चिन्ता बस्ने क्रममा टोकेर पत्नी र छोरीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा पत्नी र छोरीको टोकेर कात्तिक ८ गते राति हत्या गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी श्रेष्ठले बताउनु भयो ।

कात्तिक ८ गते रातिको घटना भएपनि कात्तिक ९ गते मात्र प्रहरीले सूचना पाएको र घटनाका आरोपितलाई घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा गरिने तयारी गरिएको प्रहरीले जनाएको छ ।


बविता मैनाली