पत्नी र छोराको हत्यापछि आत्महत्या

  ०८० मङ्सिर ७ गते

धनकुटा नगरपालिका–१ की ३६ वर्षीया भीमा गुरुङ र १० वर्षीय बालक आयुस गुरुङको हत्यापछि ३५ वर्षीय टिकाराम गुरुङले मङ्सिर ६ गते आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका क्रममा टिकारामले पत्नी र छोराको कुटपिट गरी हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले बताउनु भयो ।

मादक पदार्थ सेवन गरेका आरोपितले पत्नी र छोरालाई कुटपिट गरी हत्या गरेपश्चात आफूले आत्महत्या गरेको घटनाको प्रकृतिले देखाएको एसपी कोइरालाले बताउनु भयो ।

बाबुले आमा र दाजुलाई टाउकामा समाएर कुटेको ६ वर्षीया छोरीले बताएको प्रहरीको भनाइ छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको छ ।


ईश्वर थापा