पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मङ्सिर १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा छापहिले गाविस-१ का २० वर्षीया सरा ज्ञवालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति कुमार गिरीलाई सोही दिन गिरफ्तार गरेको छ ।
पीडित महिलालाई उनका पतिले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले इस्मा प्रहरी चौकीमा उजुरी दिएको थियो ।
टाउकोमा गम्भीर चोट लागेकी पीडित महिलाको इलाका स्वास्थ्यचौकी इस्मा रजस्थलमा उपचार भइरहेको छ । टाउकोमा ढुङ्गाको टुक्रा अड्किएकाले बढी रगत बगेको र अहिले ती टुक्रा निकालेर उपचार भइरहेको स्वास्थ्यचौकीका प्रमुख चन्द्रप्रसाद भुसालले बताए ।
घरमा पनि पतिले कुटपिट गरेपछि चार महिनादेखि माइती बस्दै आएको पीडितले बताइन् । माइतीघर इस्मा रजस्थल-४ मा बस्दै आएकी पीडितलाई लिन गएका आरोपितले आउन नमानेपछि सामान्य कुटपिट गरेको बताए ।
पीडितका आफन्तले इस्मा प्रहरी चौकीमा दिएको उजुरीको आधारमा आरोपितलाई प्रहरीले तत्काल गिरफ्तार गरी अनुससन्धान गरिरहेको र थप कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका असई चित्रबहादुर घर्तिले बताए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…