पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

  ०७९ असार १८ गते

भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ ।

स्थानीय बासिन्दाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय भानु नारेश्वरटारका इन्स्पेक्टर रमेश विष्टले बताउनु भयो ।

घाइते महिलाको उपचार मानव अधिकार समूह भानुकी सदस्य तुलसी गैरेलगायत स्थानीयको पहलमा स्थानीय स्वास्थ्य चौकीमा गरिएको छ ।

घाइते चिजाको टाउकोमा १० ओटा टाँका लगाउनु परेको मानव अधिकार समूहकी सदस्य गैरेले बताउनु भयो ।


प्रकाशचन्द्र भट्टराई