पत्नी कुटपिट घटनाका आरोपित फरार, घाइतेको उपचार हुँदै
तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ३० वर्षीया मञ्जुदेवी खंगलाई ३५ वर्षीय पति राजकुमार खंगले मङ्सिर २७ गते रातभर निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट बेहोस मञ्जुको आँखा, अनुहार र शरीरभरी चोटपटक लागेको छ । चोटले रक्ताम्य हुनभएकी उहाँको शरीर सुन्निएको छ । उहाँको योनीबाट निरन्तर रक्तश्रावसमेत भइरहेको अस्पतालले जनाएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर २८ गते उपचारार्थ भर्ना हुनुभएकी पीडितको अवस्था गम्भीर भएपछि चिकित्सकहरूले उहाँलाई सुविधासम्पन्न अस्पतालमा रेफर गरेका छन् ।
घरमा ११ र सात वर्षीय दुई छोरा र पक्षघात बिरामी साूु मात्र रहेको तथा आर्थिक अवस्था कमजोर भएकाले अन्यत्र उपचार गराउन जान उहाँले असमर्थता जनाउनु भएको छ ।
मादक पदार्थ र गाँजा सेवन गरी मङ्सिर २७ गते राति घर आएका आरोपितले नाबालक छोराहरूलाई समेत कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
‘बिस्कुट र माछा खोइ ?’–भनेर सोध्ने बित्तिकै बालकहरूलाई कुटपिट गरेकाले जोगाउन अघि सर्नुभएकी पीडितले ‘कमाएर आफू मात्रै बाहिर खाएर आउने, छोराहरूले खानेकुरा माग्दा कुटने’ भनेर प्रतिवाद गर्नु भएपछि आरोपितले उहाँलाई नै लाठी, मुक्काले निर्घात कुटपिट गरेको पीडितले बताउनु भयो ।
अस्पतालको प्रहरी बीटले महिलाको अवस्थाबारे जानकारी दिएपछि आरोपितको तीव्रताका साथ खोजी भइरहेको भन्दै इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले घर छाडेर फरार भएकाले आरोपित गिरफ्तार गर्न नसकिएको बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…