पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

  ०८० जेठ ३० गते

म्याङलुङ नगरपालिका–७ की ३१ वर्षीया कुमारी तामाङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३६ वर्षीय पति धनबहादुर तामाङलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ०८० जेठ २९ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिञ्जो भोटेले बताउनु भयो ।

कुटपिटबाट घाइते पीडितको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


सुरेश खत्री