पत्नी कुटपिट आरोपमा पति गिरफ्तार

  ०८० असोज २७ गते

म्याङलुङ नगरपालिका-७ की २८ वर्षीया फुलमाया शेर्पालाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीय पति मिङ्माकाजी शेर्पालाई असोज २५ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा ०८० असोज २५ गते कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितले पतिविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको हो ।

पीडितको पक्षको उजुरीका आधारमा आरोपितलाई असोज २५ गते अनुुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

कुटपिटबाट घाइते पीडितको जिल्ला अस्पतालमा असोज २५ गतेदेखि उपचार भइरहेको छ ।


सुरेश खत्री