पत्नीलाई हत्या प्रयास गरेको आरोपमा उजुरी
लहान नपा-१३ की ३५ वर्षीया रामवती महतोलाई उनका पति ४० वर्षीय महेश्वर महतोले हत्या प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले पुस ३० गते उजुरी हाले ।
पीडित परिवारका अनुसार आरोपितले पटक पटक घरायसी विवादमा यातना दिँदै आएको र पुस २८ गते राति घरायसी विवादमा लठीले कुटपिट गरी घाँटी थिची हत्या प्रयास गरेको र मृत्यु नभएपछि बन्चरो प्रहार गरी हत्या गर्न लाग्दा स्थानीयहरूले उद्धार गरेको बताए ।
सो कार्यमा आरोपितका दाजु ५० वर्षीय चन्द्रशेखर महतो र भाउजु ४० वर्षीया अनिता महतोले समेत सघाएको पीडित परिवारले बताए । पीडित महिलाको उपचार लहान स्थित रामकुमार उमाप्रसाद अस्पतालमा भइरहेको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपित फरार रहेकोले घटनाको अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाउने बताए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…