पत्नीलाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

  ०७८ कात्तिक ३० गते

४० वर्षीया पत्नी मिना माया थापालाई बञ्चरो प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विरुवा गाउँपालिका–७ सुरुङ्गका ४२ वर्षीय पति हुम बहादुर थापालाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक २८ गते राति विवाद हुँदा रिसको आवेगमा बञ्चरो प्रहार गरी घाइते बनाएको भन्दै पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय स्याङजामा कात्तिक २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बञ्चरो प्रहारबाट बायाँ कुम र ढाडमा चोट लागेकी पीडितको उपचार कात्तिक २९ गते वालिङ प्राथमिक स्वास्थ्य चौकीमा गरिएको तर अवस्था गम्भीर भएको कारण थप उपचारको लागि पोखरा स्थित मणिपाल अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।


तिलकुमारी थापा