पत्नीलाई धारिलो हतियार प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
जन्तेढुङ्गा गाउँपालिका-३ की ३५ वर्षीया निर्मला राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३६ वर्षीय पति केदार राईलाई असार २८ गते गिरफ्तार गरेको छ ।
असार २८ गते माइती घर खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा ३६ वर्षीय पति केदार राईले खुर्पा, कर्द र कँचियालगायतका धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
पतिको आक्रमणबाट निर्मलाको टाउको पछाडि तीन ठाउँमा गहिरो चोट लागेको, बायाँ हातको बुढी औंलाबाहेक चार ओटा औंला काटिएको र दायाँ हातको दुई औंला चुँडिएको देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए ।
गम्भीर घाइते भएकी निर्मलाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भइरहेको छ । उनको अवस्था नाजुक रहेको खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका वडाध्यक्ष खड्गबहादुर खत्रीले बताए ।
प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि उनलाई अन्यत्र लैजाने तयारी भइरहेको छ । घटनास्थलमा रगत पोतिएको कँचिया, कर्द र खुर्पा भेटिएकाले केदारले निर्मलालाई घरायसी हतियारले आक्रमण गरेको स्थानीयको भनाइ छ ।
निर्मला असार १३ गते माइती घर गएकी थिइन् । निर्मलालाई लिनका लागि ससुराली पुगेका केदारले आक्रमण गरेको स्थानीयको भनाइ छ । माइती गाउँमा आफन्तकोमा तरकारी पकाउन सघाउँदै गरेको अवस्थामा निर्मलामाथि पतिले आक्रमण गरेका थिए ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…