पत्नीलाई गोली प्रहार गरी हत्या गरेको घटनाका आरोपित गिरफ्तार
डुडुवा गाँउपालिका-३ बनकट्टीकी ३० वर्षीया शान्तीदेवी बर्मालाई गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति सञ्जयकुमार बर्मालाई चैत १५ गते गिरफ्तार गरेको छ ।
पीडित चैत १५ गते घरैमा सुतेको अवस्थामा अनुमति-पत्र प्राप्त बारबोरले कोखामा दुई राउण्ड गोली प्रहार गरेको प्रहरी चौकी बनकट्टीका असई तिलकबहादुर शाहीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको छ । स्थानीय राजेन्द्र विश्कर्माका अनुसार सञ्जयले यसअघि पनि पत्नीलाई बेला बेलामा कुटपिट गर्ने गरेको र घटना भएको दिन बिहान आफ्नै आमालाई समेत हतियार देखाएर लखेटेका थिए । उनीहरूको ११ वर्षीया एक छोरी रहेकी छन् ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…