पत्नीलाई खुकुरी प्रहार गरी पतिद्वारा आत्महत्या

फालेलुङ गाउँपालिका–२ जोरपाटीकी ३६ वर्षीया विमला गुरागाईँलाई खुकुरी प्रहार गरी ४० वर्षीय पति मानबहादुर गुरागाईले आत्महत्या गरेका छन् ।

घरायसी विवादका क्रममा ०८० माघ १३ गते पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएर मानबहादुरले माघ १४ गते झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका इस्पेक्टर सुमित कुशवाहाले बताउनु भयो ।

घरायसी विवादलाई लिएर मानबहादुरले पत्नीलाई खुकुरी प्रहार गरेको हुन सक्ने इस्पेक्टर कुशवाहाको भनाइ छ ।

पतिको खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेकी पीडितको झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

मानबहादुरको शव पोष्टमार्टम जिल्लामा गरिने तयारी गरिएको छ ।


ईवारा जबेगु लिम्बू