पत्नीलाई खुकुरी प्रहार गरी पतिद्वारा आत्महत्या
फालेलुङ गाउँपालिका–६ की ५६ वर्षीया बिमरानी राईलाई खुकुरी प्रहार गरी ५७ वर्षीय पति शान्तकुमार राईले आत्महत्या गरेका छन् ।
वैशाख १४ गते पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाएर शान्तकुमारले सोही दिन झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले बताउनु भयो ।
घरायसी विवादलाई लिएर शान्तकुमारले पत्नीलाई खुकुरी प्रहार गरेको हुन सक्ने डिएसपी खतिवडाले बताउनु भयो ।
पतिको खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेकी बिमरानीको झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
शान्तकुमारको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।
सहमान विश्वकर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…