पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार

  ०७३ मङ्सिर २६ गते

डाडाफया गाविस-९ की २० वर्षीया देवकी सिंहलाई कुटपिट गरेको आरोपमा ३० वर्षीय पति धनजोक सिंहलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई २८ वर्षीय देवर देवराज सिंह र पतिले मङ्सिर २२ गते कुटपिट गरेको भन्दै पीडितले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

घटनामा संलग्न देवराज फरार रहेको प्रहरीले जनाएको छ । घरपरिवारले घरमा बस्न नदिने र खान लाउन नदिएपछि देवकी घर बाहिर पाल टाँगेर बस्दा पति र देवरले कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् । पीडितले भनिन्-'मलाई न्याय दिलाइदिनु होस । नत्र मलाई मार्छन् । वहाँले हत्या गर्ने धम्की दिनुभएको छ ।'

घटनाका आरोपित धनजोकको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयकी असई रुपाकुमारी सार्कीले बताइन ।


नन्द सिंह