पत्नीलाई कुटपिटबाट गम्भिर घाइते बनाएको आरोपमा गिरफ्तार
कपिलवस्तु नपा-६ तिलौराकोटकी ३५ वर्षीया मजार्दी मुराउलाई ४० वर्षीय पति रामलाल मुराउले कात्तिक ७ गते बेलुकी घरमै निर्घातकुटपिट गर्दा गम्भीर घाइते भएकी छन् । पत्नी कुटपिट गर्ने मुराउलाई प्रहरीले कात्तिक ८ गते गिरफ्तार गरेको छ ।
पाँच वर्षअघि घर छोडेर गएका पतिले घर आएको दिन नै पत्नीमाथि अनावश्यक लान्छना लगाउँदै सम्वेदनशील अङ्गमासमेत निर्घात कुटपिट गरेको आरोप लगाएकी छन् ।
पतिको कुटपिटबाट गम्भीर घाइते भएकी पीडितको उपचार जिल्ला अस्पताल तौलिहवामा गरिएको पीडित महिलाले बताएकी छन् ।
पीडित महिलाले कात्तिक ८ गते जिल्ला प्रहरी कार्यलयमा पतिविरूद्ध उजुरी दिएपछि अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।
पीडित महिला हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुस्थित महिला तथा बालबालिका सेवा केन्द्रमै रहेकी छन् । गम्भीर घाइते भएकी पीडित बसउठ गर्नसम्म नसक्ने अवस्थामा रहेकी छन् । छोराछोरीले आमालाई नकुट्न आग्रह गर्दा आरोपितले छोराछोरीलाई समेत कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिलाई बताईन् ।
नन्दराम पौडेल
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…