पत्नीमाथि आगो लगाएर हत्या प्रयास
नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय, फुल्टेक्राका इन्स्पेक्टर राजन गौतमका अनुसार खटिकलाई मटीतेल खन्याएर आगो लगाइदिएका हुन् । पीडित महिलाको छाती, अनुहार, हात र घाँटीमा जलेर घाउ लागेको छ । आगो लगाएर फरार रहेका राजेन्द्रको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
करिब चार वर्षपहिले विवाह भएको उनको डेढ वर्षीय एक छोरीसमेत रहेकी छन् । भारतको बहराइच माइतीघर भएकी पीडित अहिले बोल्न नसक्ने अवस्थामा छिन् । चिकित्सकहरूका अनुसार पीडित महिलाको शरीर ५० प्रतिशत भन्दा बढी भाग जलेको छ ।
बिनोद पाण्डे
सम्बन्धित समाचारहरू
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ डुंगहवा माइती घरमा बस्दै आएकी २८ वर्षीया बिनु चौधरीलाई इन्सेकले चैत ११ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार समूहका अध्यक्षलगायतका समूहका पदाधिकारीहरूको…
स्थानीय तहमा इजलास अभावले न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तहमका न्यायिक समितिलाई न्याय सम्पादनको अधिकार प्रदान गरेपनि रसुवामा स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नभएकोले न्याय सम्पादनमा कठिनाई भएको छ । नेपालको संविधान अनुसूचि ८…