पत्नीको हात भाँचिने गरि कुटपिट गरेको आरोपमा पति गिरफ्तार
गुल्मी जिल्लाको पराल्मी गाविस घर भई सन्धिखर्क नपा-२ मा अस्थायी बसोवास गर्दै आएकी १८ वर्षीया इन्दिरा विकलाई हात भाँचिने गरि कुटपिट गरेको आरोपमा १९ वर्षीय पति रामु विकलाई प्रहरीले मङ्सिर २३ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले मङ्सिर २१ गते साँझ कुटपिट गर्दा बाँया हात भाँचिएको पीडितले बताएकी छन् । उनले भनिन्-'भाइको फोन आएको थियो । को केटासँग बोलेको भन्दै कुटपिट गर्नुभयो । शरीरभरि निल डाम छन् ।'
'पटक पटक ज्वाँइले कुटपित गरेको भन्दै छोरी माइतीमा आउँथिन् । धेरै पटक पति र पत्नीको कुरा हो भनि मेलमिलाप गरियो । अब त अति भयो भनेर कानुनी प्रक्रियामा गएका हौँ ।'-पीडित महिलाका बावु रूद्रबहादुर पाण्डेले भने ।
पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घरेलु हिंसा अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनराज भण्डारीले जानकारी दिए । पीडित महिलाको उपचार अर्घाखाँची जिल्ला अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…