पत्नीको हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा-१५ की ३३ वर्षीया शारदा डाँगीलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३८ वर्षीय पति खुमराज डाँगीलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ ।
पीडित महिला घर नजिकै कुलोमा कपडा धोइरहेको अवस्थामा आरोपितले लुकेर धारिलो हतियार प्रहार गर्दा गर्दन र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
पत्नीलाई धारिलो हतियार (खुर्पा) प्रहार गरेपछि आरोपितले तरकारी खेतीका लागि प्रयोग गर्ने विषादी सेवन गरेका थिए । विषादी सेवनपछि बेहोस भएका डाँगीलाई पुस ८ गते प्रहरीले गिरफ्तार गरेको थियो ।
पीडित घाइते र आरोपित दुवै जनाको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उपचारपछि हत्या प्रयास गरेको आरोपमा आरोपितलाई ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दा चलाउन लागिएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले बताइन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…