पत्नीको हत्या पछि आत्महत्या
चाँगुनारायण नपा-३ थालिङ थापागाउँकी ४० वर्षीया बुना थापालाई पुस ९ गते ४४ वर्षीय पति ज्योतीराज थापाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपित ज्यातीराजले पत्नीको हत्या गरेको खबर प्रहरीमा गरेपछि आफूले विष सेवन गरी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी कृष्ण प्रसाईँले बताए ।
घरायसी विवादका कारण झैझगडा भएको हुन सक्ने र घटनाको अनुसन्धान भइरहेको डीएसपी प्रसाईँले जानकारी दिए ।
मृतकको घाँटी र शरीरको संवेदनशील अङ्गहरूमा खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ । उनको मृत्यु घटना स्थलमै भएको थियो ।
मृतक दुवै जनाको शवलाई पोष्टमार्टमको लागि काठमाडौँको महराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सविना केसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २४ गते)
साउन २४ गते ५ सय ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९१ हजार १ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–मनपा–६ का ३४ वर्षीय बालाराम डाँगीलाई साउन २४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ६ का २५ वर्षीय शंकर बिकलाई साउन २२ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २१ गते यौन…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६…