पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला
तेरहौता गाविस-५ नयाँ वस्तीकी ३५ वर्षीया सन्तोषी चौधरी राईको हत्या गरेको कसुरमा मृतकका ३७ वर्षीय पति नरेश राईलाई जिल्ला अदालतले भदौ ८ गते जन्मकैद सजायको फैसला गरेको छ ।
न्यायाधीश शारदाप्रसाद कोइरालाको इजलासले पूर्पक्षमा थुनामा रहेका राईलाई जन्मकैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेर खाना नपकाएको भन्दै ०७१ चैत ९ गते पन्युले टाउकोमा प्रहार गरी घाइते बनाइएकी पीडितको चैत १० गते बिहान मृत्यु भएको थियो । राईलाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको थियो । शवको पोस्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चैत १० गते भएको थियो ।
मृतककी दिदी मोरङको कोसी हरैचा नपा-४ की ३६ वर्षीया देवी चौधरी दर्नालले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७१ चैत १२ गते उजुरी दिएकी थिइन् । न्यायाधीश तेजनारायण पौडेलको इजलासले आरोपित ०७२ वैशाख ७ गतेदेखि पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका थिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…