पत्नीको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला
गुर्भाकोट नपा-२ की ३० वर्षीया पञ्चकली कामीलाई निर्ममतापूर्वक हत्या गरेको कसुरमा ३० वर्षीय पति टेकबहादुर कामीलाई जिल्ला अदालत सुर्खेतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुबकुमार शाहीको इजलाशले मङ्सिर २९ गते यस्तो फैसला गरेको हो ।
टेकबहादुरले सल्यानबाट घर फर्कने क्रममा घर नजिकैको जङ्गलमा ०७४ भदौ २५ गते पछयौराले घाँटी थिचेर निर्ममतापूर्वक पत्नीको हत्या गरेको अदालतले जनाएको छ ।
पत्नीको हत्या गरेकै दिन घरैबाट गिरफ्तार गरिएका कामीलाई कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय छिञ्चुले ०७४ भदौ २६ गते जिल्ला अदालत सुर्खेतमा पेश गरेको थियो ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…
सङ्क्रमणकालीन न्यायिक आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप…