पत्नीको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

जुम्ला । ०७४ असार ३० गतेजिल्ला अदालतले प्रमाण नभएको भन्दै सफाइ दिइएका एक अभियुक्तलाई उच्च अदालत सुर्खेत जुम्ला इजलासले सर्वस्वसहित जन्मैकदको सजाय सुनाएको छ ।

कालिकोट फाइमहादेवका दानबहादुर बुढालाई पत्नी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।

०७२ चैत ३० गते पत्नी दिक्षासँग झगडा हुँदा बुढाले हत्या गरेको अभियोग लागेको थियो । हत्यापछि ०७३ वैशाख २४ गते कालिकोट जिल्ला अदालतमा दानबहादुरलाई प्रतिवादी मान्दै आफन्तले रिट दायर गरेका थिए । आफन्तले दिक्षालाई पतिले नदीमा फाली हत्या गरेको अभियोग लगाएका थिए ।

कालिकोट जिल्ला अदालतले ०७३ भदौ १६ गते दानबहादुरलाई पत्नी हत्याको पुष्टि नभएको भन्दै सफाइ दिएको थियो ।

मृतक दिक्षाका आफन्त सरीता बोगटीले जिल्लाबाट न्याय नपाएको भन्दै उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा न्यायका लागि रिट दायर गरेपछि उच्च अदालतको जुम्ला इजलासले असार २९ गते अभियुक्त दानबहादुरलाई हत्या गरेको पुष्टि गर्दै र्सवस्वसहित जन्मकैदको सजायको फैसला सुनाएको हो ।


मानदत्त रावल