पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
लहान नगरपालिका-६ की ४३ वर्षीया बबिता साहलाई हत्या गरेको आरोपमा ४५ वर्षीय पति विशेश्वरप्रसाद साहलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २ गते राति गिरफ्तार गरेको छ ।
आरोपितले भदौ २ गते राति १० बजे तिर घरायसी विवादमा बबिता साहलाई सिलौटाले हिर्काउँदा गम्भीर घाइते भएकी थिइन् । झगडा छुटाउने क्रममा ६ वर्षीया छोरी सुजाता साह पनि गम्भीर घाइते भएकी थिइन् ।
घाइतेहरूको लहान स्थित रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा उपचार भएकोमा उपचारकै क्रममा बबिताको भदौ २ गते राति ११ बजे तिर मृत्यू भएको थियो भने सुजाताको उपचार धरान स्थित विपि प्रतिष्ठानमा भइरहेको छ ।
मृतकका दाजु सुनिल साहले घटनाको विषयमा इलाका प्रहरी कार्यालय लहानमा भदौ ३ गते उजुरी दिएका छन् । लाशको पोष्टमार्टम लहान स्थित रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पतालमा भदौ ३ गते भएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीका अनुसार घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाएको बताए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…