पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

  ०७३ चैत १२ गते

आलिताल गाउँपालिका-७ खिन्नेभाडीकी ३० वर्षीया जानकी बोहोरालाई धारिलो हतियार (हँसिया)ले प्रहार गरी ३८ वर्षीय पति करी बोहोराले चैत १२ गते हत्या गरेका छन् ।

पत्नीको हत्या गरेलगत्तै करीले पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


भुपेन्द्र बिष्ट