पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या

  ०८१ साउन ९ गते

हेटौँडा उपमहानगरपालिका-५ चिसापानीमा ५६ वर्षीया अम्बिका भण्डारीको हत्या गरि पति ६२ वर्षीय केशव भण्डारीले आत्महत्या गरेका छन् ।

घरमै पत्नी अम्बिकाको ०८१ साउन ९ गते धारिलो घरेलु हतियारले हत्या गरि पति केशवले झुन्डिएर आत्महत्या गरेको इन्स्पेक्टर प्रकाश शाहले जानकारी दिनु भयो ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारी र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली शव पोष्टमार्टमको लागि हेटौँडा अस्पताल ल्याएको इन्स्पेक्टर शाहले बताउनु भयो ।


पुष्पराज अधिकारी