पत्नीको हत्यापछि पतिद्वारा आत्महत्या
बेलवारी नगरपालिका-१ भेडाटोलकी ४५ वर्षीया गीता लिम्बूको हत्या गरी ६० वर्षीय पति बमबहादुर लिम्बूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बेलवारी नगरपालिका-१ भेडाटोलमा डेरा गरी बस्दै आएका बमबहादुरले घरायसी विवादका क्रममा पत्नीलाई ०८० चैत ७ गते बिहान दाऊले प्रहार गरी हत्या गरेको र आफूले सोही हतियारले घाँटी रेटेर आत्महत्या गरेको घटनाको प्रकृतिले देखाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
पत्नीको हत्यापछि बमबहादुरले छोराको पनि हत्या गर्न खोजेको तर छोरा भागेर बाँचेको डिएसपी दाहालले बताउनु भयो ।
आफ्नै घाँटी रेटेर घाइते भएका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बेलवारी नगरपालिका-१ भेडाटोलमा निर्मला राईको घरमा विगत चार वर्षयता डेरा गरी बस्दै आएका लिम्बू दम्पतीमा दिनहुँ कलह हुने गरेको स्थानीयले बताएका छन् ।
घटनाका विषयमा स्थानीयले प्रहरीलाई खबर दिएका थिए । घटनाको स्थलको मुचुल्का तयारीपछि शव कोशी अस्पतालमा चैत ७ गते पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
कुटपिट गरी हत्या घटनाका आरोपित गिरफ्तार
बारबर्दिया नगरपालिका–५, तर्कापुरका ४० वर्षीया मीना थारुलाई कुटपिट गरी हत्या गरेको आरोपमा बारबर्दिया नगरपालिका–११, जब्दीका शिवप्रसाद थारुलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी…
स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !
गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २…
संसदको चालु अधिवेशन अन्त्य, पाँच विधेयक पारित
संसदको चालु अधिवेशन भदौ ३१ गते मध्यरातिबाट अन्त्य भएको छ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको यो अधिवेशन वैशाख २८ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा ५३ दिनमा ५६ पटक बैठक…
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश…
बलात्कार कसुर ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले हेलम्बु गाउँपालिका-२ का ४३ वर्षीय रामचन्द्र बिकलाई ०८१ भदौ ३१ गते १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना र २०…