पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
धुनिबेसी नगरपालिका-१, डुम्रेचौरकी पत्नी २० वर्षीया पवित्रा बयलकोटीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २७ वर्षीय रामचन्द्र बयलकोटीलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले मङ्सिर १७ गते दिउँसो स्थानीय कच्ची सडकमा धारिलो हतियार प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो । प्रहरीलाई घटनाको बारेमा जानकारी भएपछि मङ्सिर १७ गते प्रहरी घटना स्थलमा पुगेको उहाँले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि मङ्सिर १८ गते काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । सामान्य विवाद हुँदा पत्नीको हत्या भएको र आरोपितलाई मङ्सिर १८ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको एसपी मिश्रले इन्सेकलाई जानकारी दिनुभयो ।
सीताराम अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…