पत्निको हत्या आरोपमा पति गिरफ्तार
निजगढ नगरपालिका-९ भमरा टोलकी ३८ वर्षीया लक्ष्मी राईलाई ४२ वर्षीय पति बिमल बस्नेतले ०८१ भदौ २५ गते घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले सोही दिन गिरफ्तार गरेको छ ।
घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेकाले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुशवाहाले बताउनु भयो । बुबाले खुर्पा प्रहार गरी आमाको हत्या गरेको आरोपमा मृतककी जेठी छोरी १७ वर्षीया गंगा राईले भदौ २६ गते इलाका प्रहरी कार्यालय निजगढमा उजुरी दिनु भयाे ।
भदौ २५ गते राति घरायसी विषयमा छलफल गरी आमा शौच गरीरहेको अवस्थामा बुबाले शौचालयमा गएर खुर्पा प्रहार गरेको छोरी गंगाले बताउनु भयाे । पीडितको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर सुमित कुशवाहाले बताउनु भयो ।
आरोपितले खुर्पा प्रहार गरेको देखेर आमालाई बचाउन गएकी दुई छोरीहरू जेठी छोरी गंगा राई र कान्छि छोरी १५ वर्षीया जमुना राई घाइते भएको इन्स्पेक्टर कुशवाहाले जानकारी दिनु भयो ।
साेही दिन घाइतेहरूको सामुदायीक प्रसुति गृह निजगढमा प्राथमिक उपचार गराई थप उपचार वीरगन्जको मेडिसिटी वयोधा अस्पतालमा भइरहेको उहाँले जानकारी दिनुहुँदै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको बताउनु भयाे ।
आरोपित बस्नेतले मदिराको नशामा रहेको अवस्थामा खुर्पा प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
मृतक लक्ष्मीले आराेपित बस्नेतसँग २०७५ मा दोस्रो विवाह गरी सँगै बस्दै आएकी थिइन् । उनका दुई छोरीहरू पहिलाे पतिबाट जन्मेकी हुन् ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…