पतिले रोजेको पार्टीलाई असहयोग गरेको आरोपमा पत्नीलाई घर निकाला
कार्मारोङ्ग गाँउपालिका-८ माँग्रीकी २६ वर्षीया कार्मा छुईकित तामाङसहति दुई छोराछोरीलाई आफूले रोजेको पार्टीलाई सहयोग नगरेको आरोपमा ३१ वर्षीय पति निमाछिरिङ तामाङले कात्तिक १२ गते घर निकाला गरेकोपीडित पक्षको आरोप छ ।
घटनास्थल सदरमुकामदेखि पैदल दुई दिन लाग्ने भएकोले यस घटना ढिलोगरी सार्वजनिक भएको जनाइएको छ ।
थानीय तहको निर्वाचनमा पनि आफूले रोजेको पार्टी नेपाली काङ्ग्रेसलाई सहयोग नगरी एमालेलाई मतदान गरेको र यसपटक पनि एमालेलाई सहयोग गरेको भन्दै पतिले छोराछोरीसहित घर निकाला गरेको स्थानीयबासी सोनाम तामाङले जानकारी दिइन् ।
स्थानीय तहको निर्वाचनमा कार्माकी आमा एमालेबाट वडा सदस्यमा विजयी भएकी थिइन् । आमा विजय भएको पार्टीका सबै उम्मेदवारलाई मतदान गरेको भन्दै पतिले उनलाई पहिलो पटक ०७४ जेठ ५ गते कुटपिट गरी घर निकाला गरेका थिए । स्थानीबासीले जेठ १० गते दुवै जनालाई मिलापत्र गराई निमालाई घरमा बस्ने वातावरण बनाएका थिए ।
पत्नीले यसपटक पनि एमालेलाई मतदान गर्ने भएको भन्दै पतिले पुनः कात्तिक १२ गते घर निकाला गरेको सोही वडाका सोनाम तामाङले बताए ।
पतिले घर निकाला गरेपछि पीडित दुई छोराछोरीसहित छिमेकीको घरमा बस्दै आएकी छन् । पीडितले न्यायका लागि कुनै निकायमा उजुरी दिएकी छैनन् । इन्सेकले यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयलाई जानकारी गराउँदै आवश्यक पहल गरिदिन अनुरोध गरेको छ ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…