पतिको कुटाइबाट घाइते भएकी सुनकुमारीको उपचारकै क्रममा मृत्यु

पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङ-८ की सुनकुमारी नेपालीको भैरहवाको मेडिकल कलेजमा उपचारका क्रममा कात्तिक २७ गते मृत्यु भएको छ ।

पीडित महिलालाई असोज २२ गते पति ध्रुव नेपालीले कुटपिट गरेको घटना र्सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी रामप्रसाद र्घर्ती मगरले टेलिफोनमार्फ बताए ।

पतिको कुटपिटबाट टाउको, गिजा तथा दाँतमा गम्भीर चोट तथा शरीरभरि निलडाम भएकी सुनकुमारीलाई इलाका प्रहरी कार्यालय थवाङ्ले उद्धार गरी स्थानीय र्घर्ती गाउँ अस्पतालमा उपचार गरी थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाको सहयोगमा सुनकुमारीलाई घटना घटेको तीन दिनपछि भैरहवा मेडिकल कलेजमा उपचारका लागि असोज २४ गते ल्याइएको थियो । पीडित महिलाकी १३ वर्षीया छोरी विनिता नेपालीले भैरहवा मेडिकल कलेजमा भर्ना गर्ने आमाको उपचार गराउँदै आएकी थिइन् । सुनकुमारीलाई न्यूरो वार्डको १३ नं बेडमा राखेर उपचार गरिएको थियो ।

नाबालिका छोरी विनितालाई साथ दिने परिवारका अन्य सदस्यहरूले साथ छोड्दै गएको र ऋण खोजेर ल्याएको पैसा पनि सकिएपछि उपचार खर्च तिर्न नसकेर विनिता पनि आमालाई छोडेर हिँडेकी थिइन् । अस्पताल प्रशासनले बिरामी कुर्ने कुरुवा एकाएक गायब भएपछि विनितालाई खोजेर ल्याइएको प्रहरीले जनाएको छ ।

सुनकुमारीको उपचारलाई कुनै कसर नराखी उपचार गर्न र सुनकुमारीको उपचारका लागि सहयोग जुटाउन पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबको नेतृत्वमा इन्सेक रुपन्देहीले संयुक्त रूपमा अस्पताल प्रशासनलाई भेटी अनुरोध गरेका थिए । त्यस लगत्तै लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुङ्गानाको संयोजकत्वमा सुनकुमारी बचाउ अभियान सञ्चालन गरिएको थियो ।

अस्पताल प्रशासनले सुनकुमारीको स्वास्थ्यमा सुधार भइरहेको बताएपनि कात्तिक २७ गते बिहान ९ वजे सुनकुमारीको मृत्यु भयो ।

सुनकुमारीको उपचारका लागि न्यूरो र्सजन डाक्टर डम्बरबिक्रम शाहको नेतृत्वमा सिनियर स्टाफ नर्स कल्पना शाहको टोली खटिएको थियो ।

आरोपित सुनकुमारीका पति ध्रुव नेपाली र जाला नेपालीलाई गिरफ्तार गरी ज्यान मार्ने उद्योग अन्तर्रगत मुद्दा चलाएर पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले बताएको छ ।


रिमा विसी