पतिको कुटपिटबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

जानकी गाँउपालिका–६ गनापुरकी २४ वर्षीया जानकी गिरीलाई ३२ वर्षीय पति प्रेम गिरीले कुटपिट गरी  घाइते बनाएको र पीडित महिलाको उपचारका क्रममा असोज १० गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई जानकी गाँउपालिका–६ स्थित ससुरालीमा बस्दै आएका आरोपितले असोज ८ गते राति घरयासी विवादमा कुटोले प्रहार गर्दा घाइते भएकी जानकीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो ।

मृतकका माइती पक्षले आरोपितविरूद्ध असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना पछि आरोपित फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  साथै आरोपितको घर ठेगाना कहाँ हो भन्ने बारेमा नखुलेको प्रहरीले जनाकारी दिएको छ । शवको पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।


इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज