पढ्ने लेख्ने उमेरमा बालबच्चाका अभिभावकत्व जिम्मेवारी
जुम्लाको हिमा गाउँपालिका–२ ओदी गाउँकी बसन्ती रोकाया २३ वर्षकी हुनु भयो । उहाँको काँखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन् । कक्षा ८ मा पढ्दै गर्दा उहाँको विवाह भएको हो । १५ वर्षमा बिहे गरेकी बसन्ती एक वर्षपछि आमा बन्नु भयो । परम्परा र सामाजिक संस्कारका कारण बसन्तीजस्तै जुम्लाका धेरै किशोरी आमा बनेर अभिभावकत्वको जिम्मेवारीमा छन् ।
बालविवाह जुम्लाका ग्रामीण क्षेत्रमा डरलाग्दो छ । विवाह गरेको एक वर्षमै आमा बनेपछि वसन्तीको पढाइ बीचमै छुटेको छ । कलिलो उमेरमै आमा बनेका अधिकांशले पढाइ बीचैमा छोडेका छन् । सानै उमेरमा आमा बन्दा उनीहरूमा घरधन्दाको बोझ थपिएको छ ।
सिन्जा गाउँपालिका–६ की नन्दा बुढा १४ वर्षको उमेरमै एक सन्तानकी आमा बन्नुभयो । १३ वर्षको कलिलो उमेरमै बिहे गरेकी नन्दा अहिले विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउनु हुन्छ । ‘सानै उमेरमा विवाह गर्दा सन्तानको पालनपोषणमा समस्या छ,’ उहाँले भन्नुभयो, ‘बालबालिकाको पठनपाठन पनि राम्रो बन्न सकेको छैन ।’
पछिल्लो समय जुम्लामा २० वर्ष नपुग्दै आमा बन्नेको संख्या अधिक छ । जनचेतनाको कमी, देखासिकी, गरिबीलगायत कारणले कलिलो उमेरमै विवाह गर्ने चलन धेरै रहेको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताउनु भयो ।
कम उमेरमै विवाह गर्दा विभिन्न सामाजिक समस्या देखिन थालेको उहाँले बताउनुभयो । महिला वा पुरुष दुवै २० वर्ष नपुगी गरिने विवाह कानुनी रूपले बालविवाह ठहरिने अधिवक्ता नन्द खत्रीले बताउनु भयो । प्रत्येक स्थानीय तहका गाउँदेखि टोल टोलमा बालविवाह हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो अहिले १५ वटा बालविवाह गरेर सम्बन्धविच्छेद लागि उजुरी परेका छन् ।
एसईईपछि विवाह गर्ने किशोरीको संख्या अधिक छ । विकट गाउँमा २० वर्ष नपुगेरै बिहे गर्ने र बच्चा जन्माउने प्रचलन नौलो भने होइन । चन्दननाग नमुना माध्यमिक विद्यालय जुम्लाकी शिक्षिका समरीता बुढाले बाल विवाह रोक्न अभियान चलाए पनि सफल हुन नसकेको बताउनुभयो ।
जुम्लामा प्रत्येक गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले पनि बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । गैरसरकारी संस्थाले पनि बालविवाह न्युनीकरण सम्बन्धी काम गरिरहेका छन् ।
उमेर नपुग्दै बिहे गरेर बच्चा जन्माएको देख्दा दुःख लाग्ने गरेको सिंजा गाउँपालिका–६ जोडु गाउँकी महिला स्वास्थ्य स्वयंसेविका धनसरी बुढाले बताउनु भयो । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका नाताले आफूले समाजमा बाल विवाह रोक्न र कम उमेरमा आमा नबन्न सबैलाई सल्लाह दिँदै आएको उहाँको भनाइ छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…