पढाइ नभएपछि विद्यालयमा ताला !
विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन नभएको भन्दै विद्यार्थीहले विद्यालयमा तालाबन्दी गरेका छन् । पुस ११ गते २४ घण्टा भित्र आफ्ना माग सुनुवाइ गर्न माग गरेका विद्यार्थीले विद्यालय प्रशासनले मागमा वेवास्ता गरेपछि पुस १२ गते बिहानदेखि विद्यालयमा तालाबन्दी गरेका हुन् ।
६ बुँदे माग विद्यालयको गेटमा टास गरेर विद्यार्थीहरुले श्री सिद्धबाबा माध्यमिक विद्यालय पाटीट्याङ्कीमा तालाबन्दि गरेका हुन् ।
विद्यार्थीहरुले गणित शिक्षकको सरुवा हुन नहुने, सामाजिक विषयको शिक्षक तत्काल ल्याइनुपर्ने, एसइइको परीक्षामा सामाजिक विषयमा विद्यार्थीहरु फेल भएको कुरालाई ध्यान दिनुपर्ने, कम्प्युटर इन्जीनियरको पढाई लाई गुणस्तरीय बनाउनु पर्ने, आर्थिक हिसाव सार्वजनिक गर्नु पर्ने, विद्यार्थीको पठाइलाई वेवास्ता गर्ने प्रधानाध्यापकलाई हटाउनु पर्ने, विद्यार्थीसँग परिचय पत्र लिँदा धेरै पैसा लिने गरेको यसको हिसाब देखाउनु पर्ने र स्कुलको छाना निर्माण भएको बेला प्रधानाध्यापकले पनि घरमा छाना बनाएकाले यसको छानविन हुनु पर्ने माग गरेका छन् ।
विद्यार्थीको आन्दोलनपछि विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्ले विद्यालयसँग सम्पर्क बिहिन भएको आरोप लागेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कमलामाई नगरपालिका-६ का वडा अध्यक्ष उज्वलकुमार थापाले विद्यार्थीका जायज माग पुरा गर्न तयार रहेको बताउनु भयो । विद्यार्थीले राखेको माग अनुसार गणित शिक्षकको सरुवा गर्ने पक्षमा विद्यालय नरहेको, प्रधानाध्यापकले आर्थिक हिनामिना गरेको आरोप लागेपछि छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको बताउनु भयो ।
सामाजिक विषयको शिक्षक मागको सन्दर्भमा कमलामाई नगरपालिकासँग अनुरोध गरिएको धेरै भएपनि हालसम्म व्यवस्थापन गर्न नसकिएको उहाँले बताउनु भयो ।
कमलामाई नगरपालिकाको नगर शिक्षा समितिको बैठक नबसेको २२ महिना भएकाले पनि यस्ता समस्या समाधान गर्न नसकिएको उहाँले बताउनु भयो । विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायहरुसँग छलफल गरी विद्यार्थीका माग पुरा गरेर विद्यालय सुचारु गर्ने प्रयास जारी रहेको उहाँले बताउनु भयो ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितहरू गिरफ्तार
कलैया उपमहानगरपालिक-१ बैंक रोड स्थित नव जन्म सुधार केन्द्रमा रहेका कलैया उपमहानगरपालिक-९ का ३२ वर्षीय धिरेन्द्र मण्डल भनिने प्रदिप मण्डलको हत्या गरेको आरोपमा प्रहरीले सुधार केन्द्रका सञ्चालक सहित १० जनालाई…
हत्या घटनाका आरोपित पति गिरफ्तार
शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । हत्या गरी फरार रहेका आरोपितलाई…
प्रदेश खाद्य परिषद् गठनको माग गर्दै कृषि मन्त्रीलाई ज्ञापन पत्र
कर्णाली प्रदेशमा खाद्य परिषद् गठनको माग गर्दै नागरिक समाज संस्थाहरुले फागुन ०१ गते गते कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई ज्ञापन पत्र बुझाएका छन् ।…
गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा तोडफोड
रोहिणी गाउँपालिका–३, लक्ष्मीनगरस्थित घरभइ रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा फागुन १ गते राति तोडफोड भएको छ । अपरिचित व्यक्तिले फागुन १ गते राति घरमा पार्किङ गरेर राखेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका–४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथलाई प्रहरीले फागुन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितलाे माघ ३० गते बलात्कार गरेको भन्दै…