पठनपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूद्वारा तालाबन्दी
छिपहरमाई गाउँपालिका–१ स्थित श्री महादेव माध्यमिक विद्यालयमा पठनपाठन सुचारुको माग गर्दै ०८० मङ्सिर ७ गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन् ।
शिक्षक अभावका कारण ०८० कात्तिक १२ गतेदेखि विद्यालयमा माध्यमिक तहको पठनपाठन अवरुद्ध भएको छ । माध्यमिक तहका शिक्षक नहुँदा लामो समयदेखि कक्षा ६ देखि १० सम्मका पठनपाठन नभएपछि बाध्य भएर तालबन्दी गर्नु परेको विद्यार्थीहरूले जनाएका छन् ।
विद्यालयमा तालाबन्दी गर्नुको साथै विद्यार्थीहरूले प्रदर्शन समेत गरेका छन् । प्रदर्शनको क्रममा विद्यार्थीहरूले प्रधानाध्यापक वीरेन्द्र यादवको सरुवा समेत माग गरेका छन् ।
त्यस्तै, शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मको पठनपाठन हुन नसकेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र यादवले बताउनु भयो । अवरुद्ध रहेको पठपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेको प्रधानाध्यापक यादवले बताउनु भयो । साथै विद्यार्थीहरूसंगै आएका केही राजनीतिक व्यक्तिहरूले विद्यालयमा तालाबन्दी गराएको प्रधानाध्यापक यादवको आरोप रहेको छ ।
यस अघिको शिक्षक नियुक्तिमा अनियमितता भएको भन्दै अख्तियारमा परेको मुद्दाका कारण अभावमा रहेको शिक्षक व्यवस्थापन गर्न समस्या भएको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताउनु भयो । विद्यालयको समस्या समाधान गर्न मङ्सिर १० गते कार्यपालिकाको बैठक बोलाएको बताउदै उहाँले केही दिन मै समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
शम्भुकुमार सुमन
सम्बन्धित समाचारहरू
जातीय विभेद घटनाका कसुरदार गिरफ्तार
सिंजा गाउँपालिका–६ का २९ वर्षीय विवेन्द्र नेपालीलाई जातीय विभेद गरेको कसुरमा सोही ठाउँका ३२ वर्षीय नवीन बुढालाई प्रहरीले ०८१ भदौ ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको…
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा कार्यतालिका सार्वजनिक
विभिन्न कारणले रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनको लागि सरकारले मिति तय गरेपछि निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि राजनीतिक…
कारागारमा थुनुवा मृत्यु घटनाको अनुसन्धान गर्न अधिकारकर्मीहरुको माग !
जिल्ला कारागार शाखा, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको घटनामा सुदूरपश्चिम प्रदेशमा कार्यरत बिभिन्न संघसस्थाहरुले ०८१ भदौ २ …
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका–४ स्थायी घर भई चौतारा साँगाचोकगढी नपा–५ स्थित बहुप्राविधिक विद्यालयमा अध्ययनरत १८ वर्षीय वीरेन्द्र शाहीलाई असोज २ गते गिरफ्तार गरेको…