पठनपाठन बन्द गरेर विद्यालयमा कांग्रेसको प्रदेश अधिवेशन
दुधौली नगरपालिका–४ मा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालय बाँसबारी पचरुखी बन्द गरेर नेपाली कांग्रेस पार्टीको कार्यक्रम गरिएको छ ।
कांग्रेसले विद्यालयको पठनपाठन नै प्रभावित गरेर मङ्सिर ३ गते सिन्धुली क्षेत्र नं. १ ‘क’ को प्रदेश अधिवेशन गरेको हो ।
पढ्न भनेर विद्यालय हिँडेका विद्यार्थीहरू विद्यालय नपुग्दै नेताहरूको भीड देखेर घर फर्किएका स्थानीय सुनिता आलेले बताउनुभयो ।
अधिवेशनको कार्यक्रम विद्यालयकै एक भवनमा भएको थियो भने अर्को भवनमा पढाउन ६ जना शिक्षक शिक्षिका उपस्थित थिए ।
तर, विद्यार्थी भने विद्यालय आएर फर्किएका थिए । न शिक्षक शिक्षिकाले विद्यार्थीलाई विद्यालय बोलाउन सके न विद्यार्थी नै स्कुल भित्र प्रवेश गर्न सके ।
विद्यालयका प्रध्यानाध्यापक प्रेमप्रसाद भट्टराई नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घमा आबद्ध रहनु भएको स्थानीयले बताए ।
विभिन्न चाडपर्वहरू र मङ्सिरमा हुने विभिन्न मेलाले गर्दा विद्यार्थीहरू नआउने गरेकाले पनि स्कुलले पार्टीको कार्यक्रम गर्न दिएको उहाँको भनाई छ ।
प्रधानाध्यापक भट्टराईले भन्नुभयो–‘विद्यालयको अधिकार सुनिश्चित गर्न र उन्नतशील शिक्षा हासिल गर्ने उद्देश्यले विद्यालयले पार्टीको कार्यक्रम गर्न दिएको हो ।’’
राज्यले दायित्व नलिएको अवस्थामा यस्ता कार्यक्रम गरेर विद्यार्थीको हक हित र शैक्षिक क्षेत्रको समग्र विकास गर्न समय उपलब्ध गराएको उहाँले बताउनुभयो ।
प्रदेश अधिवेशनमा पार्टीका कार्यकर्ताहरूले विद्यालयको प्राङ्गणमा भोजभतेर गरेका छन् ।
सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको छ । विद्यालयको पठनपाठन नै प्रभावित गर्ने गरी गरिएका राजनीतिक कार्यक्रमले बालबालिकाको पढ्न पाउने अधिकारको हनन् भएको स्थानीय मानव अधिकारकर्मीहरूले बताएका छन् ।
नबिनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…