पठनपाठनमा ध्यान नदिएको भन्दै विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण
गाउँपालका–५ स्थित याङ्चुमा रहेको अमरसिंह प्राविमा विद्यार्थीको पठनपाठनमा लापरबाही भएको भन्दै चैत ८ गते अभिभावक संघ र विद्यार्थीले विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ ।
कक्षा एकदेखि पाँचसम्म रहेको उक्त अमरसिंह प्राविमा नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना एक हप्ता बितिसक्दा समेत नियमित पठनपाठन नहुँदा समस्या भएको अभिभावक संघका अध्यक्ष बालकृष्ण शाहीले जानकारी दिए ।
विद्यालयमा हुने पठनपाठन, खाजाको सुविधा, पाठ्यपुस्तक, खेलकुद जस्ता कुराहरु समयमा उपलव्ध नगराएको र शिक्षक समयमा उपस्थित नहुने जस्ता विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको अध्यक्ष शाहीले बताए ।
विद्यालयले नयाँ शैक्षिक सत्र सुरु भएसँगै नयाँ भर्ना गरेता पनि पठनपाठनदेखि अन्य कुरामा व्यवस्थापन समितिले हेतु नगरेको सो विद्यालयका पाँच कक्षामा अध्यानरत विकास शाहीले गुनासो गरे ।
उनले अभिभावक संघ र विद्यार्थीले उठाएका माग विद्यालय व्यवस्थापन समितीले पुरा नगरेमा सदरमुकाम सिमकोटमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा गएर आन्दोलन गर्नुका साथै जिल्ला प्रशासन कार्यायमा डेलिकेशन दिने समेत बताए ।
उक्त विद्यालयप्रति, विद्यालय व्यवस्थापन समिति र खार्पुनाथ गाउँपालिकाले कुनै पहल नगरेको अभिभावक संघका अध्यक्ष शाहीले बताए ।
पाँच जना शिक्षकको दरवन्दी रहेको विद्यालयमा १ सय ५३ विद्यार्थी रहेको अध्यक्ष शाहीको भनाई रहेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…
कोशी प्रदेशमा रहेका अधिकांश बर्थिङ्ग सेण्टर प्रभावकारी छैनन्
बर्थिङ्ग सेण्टर सञ्चालनका लागि प्रसूति गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरणहरु सबै उपलब्ध हुनु पर्छ । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका बर्थिङ्ग सेण्टर सुविधा सम्पन्न र प्रभावकारी नभएको…
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…