पटाकाको विषयमा बालकमाथि कुटपिट
रुपनी गाउँपालिका–२ का १३ वर्षीय बालकलाई छिमेकी ५२ वर्षीय देवकृष्ण यादव, उनकी ४८ वर्षीया पत्नी फूलबरिया देवी र ३० वर्षीय छोरा महेशले कुटपिट गरेको भन्दै उनका परिवारले आरोप लगाएका छन् ।
परेवा धपाउन बालकले पटाका पड्काएको विषयमा मादक पदार्थ सेवन गरेर आरोपितहरुले बालकमाथि निर्घात कुटपिट गरेको बालकका बुबा प्रमोद भनिने कुन्दन साहले जानकारी दिनु भयो । पटाका पड्काएको विषयमा विवाद गरेर नियोजित रुपमा बालकलाई असोज ९ र १० गते गम्छाले हात खुट्टा बाँधेर लाठी र बुटले कुटपिट गरिएको उहाँले बताउनु भयो ।
कुटपिटबाट बालकको टाउको, छाती, पिठ्युलगायतका शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ । आरोपितहरुले निर्घात कुटपिट गरेको र दाँत समेत हल्लिएको बालकले बताउनु भयो । इलाका प्रहरी कार्यालय रूपनीमा घटनाबारे जानकारी गराउँदा प्रहरीले वेवास्ता गरेको पीडित परिवारको आरोप छ ।
पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा समेत उजुरी दिनुभएको छ । जिल्ला प्रहरीबाट पनि कारबाही प्रक्रिया अघि नबढेको बालकका बुबा साहले गुनासो गर्नुभयो । रुपनी गाउँपालिका–२ का वडा अध्यक्ष सरोजकुमार यादवले घटनाबारे फोनमार्फत दुबै पक्षबाट जानकारी भएको तर वास्तविक कारण थाहा हुन नसकेको बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…