न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् ।
जसका कारण बाल सुधार गृहमा झडप हुने देखि लिएर आरोपितहरू भाग्ने गरेको बाल सुधार गृहकी प्रमुख बिमला काउचा मगरले बताउनु भयो ।
दुई अलग्गै भवनमा बसेका आरोपितहरुबिच माघ २३ गते झडप भयो । झडपमा दुई जना घाइते भए । घाइतेहरूको सुधार गृहमै सामान्य उपचार भयो ।
पुरानो भवन र नयाँ भवनका आरोपितबिच सुर्ती राखेको विषयमा विवाद हुँदा आक्रोसित भीडले टेबुल ,खाना बनाउने भाँडा, च्यानल गेटको ताल्चा र ढोका तोडफोड गरेका थिए । सुरक्षाकर्मीहरूका अनुसार झडपमा इँटा प्रयोग गरि दोहोरो झडप भएको बाल सुधार गृह स्रोतले जनाएको छ ।
नयाँ भवनमा १८वर्ष मुनिका बालक रहेका छन भने पुरानो भवनमा १८ भन्दा माथि उमेर समूहका रहेका छन ।
बाल सुधार गृहमा २ सय २३ जना रहेकोमा १८ वर्ष भन्दा माथिका ९५ जना रहेका छन् । सुधार गृहमा प्रयाप्त सीसी क्यामेरा, प्रहरी र स्वास्थ्यकर्मीको दरबन्दी नभएका कारण समस्या रहेको प्रमुख काउचा मगरले बताउनु भयो ।
उक्त घटनाको इन्सेकका अधिकृत विनोद पाण्डे, इन्सेक जिल्ला प्रतिनिधि लक्ष्मी चौधरीले अनुगम गरेका थिए ।
लक्ष्मी थारू
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…